Friday, May 22News That Matters

नेपालमा काेराेना संक्रमित १ हजार ४ सय १ पुग्याे

पूर्णपुष्टि, जेठ १७ ।

आज थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मञ्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा जनाउनु भएको हो ।

कपिलवस्तुमा १ सय ९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा ११ जना संक्रमित पुष्टि भएका हुन् । त्यस्तै सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, दाङमा ५, महोत्तरीमा ४ जना पुष्टि भएका हुन् भने पर्सामा २, संखुवासभामा २, झापामा १, ललितपुरमा १ र बारामा १ जना संक्रमित पुष्टि भएका हुन् ।

संक्रमितमध्ये हालसम्म २ सय १९ जना निको भएको मञ्त्रालयले जनाएको छ । आज १३ जना डिस्चार्ज भएका हुन् ।