
पूर्णपुष्टि, भदौ १६
नेपालमा आज थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको थियो ।
त्यस्तै गत २४ घण्टामा थप सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।
