Sunday, May 17News That Matters

उदयपुरमा थप ८ जना कोरोना संक्रमण मुक्त

पूर्णपुष्टि, भदौ १६

उदयपुरमा आज थप आठ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आठ  जना पुरुष निको भएर आज घर फर्केका हन् ।

अहिलेसम्म जिल्ला एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने उपचारपछि निको हुनेको संख्या एक सय १० पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । अव एक जना होम आइसोलेशनमा रहेकी एक ११ वर्षिय बालिकाको रिपोर्ट आउँन बाँकी रहेको जनाईएको छ ।

त्रियुगा नगरपालिकाका छ जना, चौनपा स्थायी घर भई हाल त्रिनपा बस्ने एक जना र बेलका नगरपालिकाको एक जना गरी आठ जना कोरोना संक्रमण मुक्त भएको कार्यालयले जनाएको छ ।