
पूर्णपुष्टि,वैशाख ८
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा ८ हजार ८ सय ४४ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ३१ गरी जम्मा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

