Monday, June 22News That Matters

कपी सच्याएको आरोपमा लोकसेवा आयोगका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

वैशाख ८

लोकसेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

तत्कालीन शाखा अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियतले नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको अख्तियारले आरोप लगाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम बुधबार विशेष अदालतमा शाहीविरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।