
मोरङ, बैशाख ८
मोरङ बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर–५ का २३ बर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ परेको हो ।
आज दिउसो ३ बजे बिराटनगर–१६ दरैयाबाट उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
