
बैशाख ८
नेपालमा थप दुई हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ ।
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
