
वैशाख ८
नेकपा एमालेको माधवकुमार नेपाल समूह राजनीतिक दल सम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको भन्दै सर्वोच्च अदालत गएको छ ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेका थिए ।
नेपाल समूह ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने माग गर्दै अदालत गएको जनाएको छ ।
रिट दर्ता भइसकेको छैन । आज दिउँसो ३ बजे अदालत पुगेका थियौं । कर्मचारीले नभ्याउने भनेर दर्ता नगरेको जनाईएको छ ।
