
पूर्णपुष्टि, साउन २२
नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।
