Tuesday, April 21News That Matters

प्रचण्डको सुरक्षामा खटेका ६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन २२

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षामा खटेका  ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।