Tuesday, June 9News That Matters

नेपालमा थप ३,६११ जनामा कोरोना संक्रमण पुष्टि, थप २७ जनाको मृत्यु

पूर्णपुष्टि, साउन १५

वितेको २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको हो ।

त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८३४ जना पुगेकोे मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा १ हजार ८१६ कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै देशभर ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचारर्त रहेका छन् ।