
पूर्णपुष्टि, जेठ ३० गते ।
नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ हाजार ६२ पुगेको छ ।
आज ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका पुनः एक जना महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, नुवाकोट, तनहुँ, धनुषा, बारा, पाल्पा, गुल्मीमा १÷१, सर्लाहीमा ५०, रौतहटमा ८६, नवलपरासी पश्चिम २, रुपन्देही १६, प्युठान २, अर्घाखाँची २, सुर्खेत ४५, दैलेख ३८, दाङ ८, कपिलबस्तु ४ जनालाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै मोरङमा २, झापामा १३, महोत्तरीमा १०, चितवनमा ८, धादिङमा २९, सप्तरीमा १७, उदयपुरमा ३, सिराहामा ११, इलाममा ११, सुनसरीमा १०, पर्वतमा १३, स्याङ्जामा २२, नवलपरासी पूर्वमा ५, बर्दियामा १७, बाँकेमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या ८ सय ७७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
