
मोरङ, जेठ ३० गते ।
मोरङमा सुन्दरहरैचा–६ बस्ने ४२ बर्षीया साईकल यात्री हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ ।
सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १ च ८४८३ नम्बरको कारले हिजो बिहान सवा १० बजे साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाईते भएका हिमाको त्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
