
सोलुखुम्बु, जेठ ३० गते ।
सोलुखुम्बुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेको छ । महाकुलुङ गाँउपालिका–४ बाट आफ्नै बाबुको हत्या आरोपमा १९ वर्षीय कुवेर राईलाई पक्राउ गरेको हो ।
हिजो बेलुका साढे ८ बजे घरायसी बिषयमा ५७ बर्षीय सन्तकुमार राई र उनकै छोरा कुबेर बिच बादबिबाद हुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तले घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
