
पूर्णपुष्टि, असार १०
आज नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १० जना महिला र ५ सय १९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।
अहिलेसम्म नेपालमा संक्रमणबाट २४ जनाको मृत्यु भईसकेको छ ।
