
पूर्णपुष्टि, असार १०
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बसेको बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि आजको बैठक सकिएको जनाईएको छ । अर्को बैठक आगामी शुक्रबार १२ गते बस्ने भएको छ ।
आजको बैठकले पर्सीको लागि अध्यक्षले प्रारम्भमा मन्तव्य दिने, कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, एमसीसी, सरकार र पार्टीको कामको समिक्षा र विविध विषयका एजेण्डा पनि तय गरेको जनाईएको छ ।
