
पूर्णपुष्टि, चैत २
नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार चार सय एक पुगेको छ । अहिले नेपालमा आठ सय ९५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार १४ जनाको मृत्यु भईसकेको छ ।
