Tuesday, April 21News That Matters

प्रथम त्रियुगा खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न, फुटवल तर्फको उपाधी वडा न. १० लाई

पूर्णपुष्टि, चैत्र २

प्रथम त्रियुगा नगर खेलकुद महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । सोमवार महोत्सवको फुटवल तर्फको फाइनल खेल थारुहट रंगशालामा समापन गर्दै सबै विद्याको खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । त्रियुगा नगर खेलकुद महोत्सव अन्तरगत २१ औँ स्व लालसेर राई स्मृति मेयर गोल्ड कप फुटवल तर्फको उपाधी त्रियुगा नगरपालिका वडा नं १० ले जितेको छत्रियुगा नगरपालिका वडा नं ८ लाई १–० ले हराउँदै १० न वडाले उपाधी चुमेको हो । खेलको दोस्रो हाफको अन्तिम समयमा १० नं वडाको तर्फबाट जर्सि नं १० का समिराज राउतले गोल गरेका थिए । त्यहि १ गाले वडा नं १० को पहिलो र अन्तिम भयो । खेल अबधिभर ८ न वडा बाट कुनै पनि गोल हुन सकेन । आक्रमक प्रतिस्पर्धा भएको फाइनल खेलमा ८ नं वडाले अन्तिम सम्म पनि गोल रोकेर खेल बाराबरी गर्दै आईरहेको थियो । तर खेलको दोस्रो हाफको ३४ औँ मिनेटमा भने समिराज राउतले गरेको गोल वडा नं १० को निर्णायक गोल बन्यो । वडा नं १० संग १ को अन्तरले पछि परेको वडा नं ८ ले उपविजेतामै चित्त बुझाएको छ । अन्तिम सम्म पनि गोल गर्न प्रयासरत रहेको ८ ले खेल अबधिभर गोल गर्न सकेन । सेमि फाइनलमा ८ नं वडाले १२ नं वडालाई हराउँदै फानलमा आएका थिए भने १० नं वडाले ११ लाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।फुटवल तर्फ फाइनल खेलको बिजेताले नगद रु ५० हजार, ट्रफि सँगै प्रमाण पत्र पाएका छन् । यता उपविजेताले पनि नगद रु ३० हजार, ट्रफि र प्रमाण पत्र पाएको आयोजकले जनाएको छ । आजको म्यान अफ द म्याच वडा नं १० का खेलाडी टिप्सन राई भएकोे छ । उनले नगद रु १ हजार ट्रफि र प्रमाण पत्र समेत पाएका छन् ।