
पूर्णपुष्टि, भदौ १५
नेपालमा आज थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट बालिका र महिला गरी तीन जना र चार जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको जनाईएको छ । झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार चार सय ६० जनामा संक्रमण पुष्टि भईसकेको छ भने २१ हजार चार सय १० जना निको भएर घर फर्केका छन् ।
