Saturday, May 16News That Matters

सुन्तलाको बोट सुकेपछि कृषक चिन्तित

पूर्णपुष्टि, भदौ १५

ताप्लेजुङको दोखुमा सुन्तलाको बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । फुङलिङ नगरपालिका–८ दोखु क्षेत्रका कृषकले लगाएको सुन्तलाको बोट मर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।

कृषकहरुले बारीमा लगाइएका करिब पाँच हजार बोट सुन्तला सुकेको कृषकहरुले बताएका छन् । सुन्तलाको बोट सुकेर मरेपछि चिन्तासँगै के गर्ने भन्ने अन्योल छाएको कृषकहरुले बताएका छन् ।

कृषकले उत्पादन गरेको सुन्तला सदरमुकाम फुङलिङ बजारमा खपत हुने गर्दथ्यो । तर सुन्तलाको बोट नै मरेपछि कृषकहरुलाई घर चलाउन नै धौधौ परेको छ ।

दोखुका ५० घरपरिवारले सुन्तला बिक्री गरेर घर खर्च धान्ने गरेको थियो । ताप्लेजुङका धेरै क्षेत्रमा सुन्तलाका बोट मर्नु मौसम परिवर्तन पनि एक कारण भएको विज्ञको भनाइ छ ।