
पूर्णपुष्टि, भदौ १५
नेपालमा आज थप आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३९ हजार चार सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय १० पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।
