Monday, June 29News That Matters

सीडीओलाई फेसबुकमा गाली गर्ने १ युवक पक्राउ

पूर्णपुष्टि, भदौ १५

सुर्खेतमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

सीडीओविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर–१२ का राजन चालिसे पक्राउ परेको प्रहरीले जनाएको छ । कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका जिल्ला प्रहरी कायाृलय सुर्खेतले जनाएको छ ।

फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने ती युवक शनिबार नै पक्राउ परेको प्रहरीले जनाएको छ । महामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । चाललिसेविरुद्ध अभद्र व्यवहार अन्र्तगत मुद्दाको प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो ।

यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेको प्रहरीले जनाएको छ ।