Thursday, July 2News That Matters

नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ १३

नेपालमा आज थप आठ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या २० हजार पाँच सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय सात पुगेको मन्त्रालयले जनाएको छ ।