Friday, May 22News That Matters

रामेछापमा बहुला कुकुरको अतंक

पूर्णपुष्टि, भदौ १३

रामेछापको सदरमुकाम मन्थलीमा बहुला कुकुरको आतङ्क बढेको छ । बहुला कुकुरले आज मात्रै १४ जनालाई टोकेको जनाईएको छ ।

रेबिज रोग लागेको आशंका गरिएको कुकुरले टोकेका १४ जनामध्ये ४ जनालाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । अन्य १० जनाको मन्थलीको तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाईएको छ ।

यसअघि रेबिज रोग लागेको कुकुरले घरपालुवा पशुलाई टोक्दा ७ वटा पशु मरेको थियो । अहिले पनि मन्थली नगरपालिका क्षेत्रभित्र २२ वटा पशुहरुलाई रेबिज विरुद्धको खोप दिइरहेको मन्थली नगरपालिका पशु स्वास्थ्य शाखाले जनाएकोे छ ।