Friday, May 22News That Matters

पाकिस्तानमा सेप्टेम्बरदेखि शैक्षिक सस्था खुल्ने

पूर्णपुष्टि, भदौ १३

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आगामी १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ ।

सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिनुभएको हो ।

कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा बैठकमा छलफल भएको थियो । छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।