Sunday, June 28News That Matters

नेपालमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, फागुन २४ 

नेपालमा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टतामा चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा थप एक जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।