
पूर्णपुष्टि, असोज २१
नेपालमा कोरोना संक्रमित भएकामध्ये उपचारपछि निको हुनेको सख्ंया साढे ६७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना उपचारपछि निको भएपछि नेपालमा निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या कार्यालय उदयपुरले जनाएको छ ।
गत २४ घण्टामा थप १ हजार ५ सय ५१ जना सङ्क्रमित थपिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

