Sunday, June 21News That Matters

नेपालमा पनि अरब सागरको चक्रवातबाट मौसमा बदली हुने

पूर्णपुष्टि, जेष्ठ ३

अरब सागरको चक्रवातबाट नेपालको मौसमा पनि बदली हुने छ । हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ ।

चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेको छ ।

बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने छ ।

देशभर यस याममा प्रि मनसुनको गतिविधिका कारण मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यस अवधिमा हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन समेत अनुरोध गरेको छ ।