
पूर्णपुष्टि, जेष्ठ ३
कोरोना संक्रमण दर वृद्धी भएसंगै तीन जिल्ला बाहेकका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयकाअनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेको छ भने मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ ।
यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गरिएकोमा आजदेखि जिल्लाभरि नै लागू भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
निषेधाज्ञाका कारण संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
