
पूणर्पुष्टि, जेष्ठ ३
भारतले आफुले तयार पारेको कोरोना औषधी आज सार्वजानिक गर्ने जनाएको छ । कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यसको सर्वाजानिक प्रक्रिया अन्गर्तत सोमवार सार्वजानिक गर्ने भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले जनाएको छ ।
यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ ।
यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ ।
भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।
यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।
