Monday, April 20News That Matters

नेपालमा १८ वर्षमुनिका बालबालिकाको जनसंख्या करिब १ करोड

पूर्णपुष्टि, साउन २५ ।  राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५८३ रहेको छ। यो कुल जनसंख्याको ३३.८ प्रतिशत हो।

तथ्यांक अनुसार बालबालिकामध्ये बालकको संख्या बढी छ। कुल बालबालिकामध्ये ५१.८ प्रतिशत बालक र ४८.२ प्रतिशत बालिका रहेका छन्। यद्यपि, कुल जनसंख्यामा भने महिलाको संख्या पुरुषको तुलनामा ६.५ लाखले बढी देखिएको छ।

उमेर समूहअनुसार १० देखि १४ वर्षका बालबालिकाको संख्या सबैभन्दा बढी छ, जुन कुल बालबालिकाको २९.५ प्रतिशत हो। त्यसपछि क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षमुनि र १५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या रहेको छ।