
पूर्णपुष्टि, जेष्ठ २
नेपलमा हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
पछिल्ला केही दिनयता संक्रमको दर उच्च भएको सन्दर्भमा कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।
