Thursday, May 28News That Matters

नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम सम्पन्न (फोटो सहित)

पूर्णपुष्टि, फागुन १८ । नेपालमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम (एप्पी प्रो टनडम वर्कसप) सम्पन्न भएको छ । तालिम कोशी प्रदेशको उदयपुरमा फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले आयोजना गरेको छ । विभिन्न देशमा ब्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटहरुलाई थप सुरक्षा र सिपका लागि तालिम दिइएको आयोजक प्याराग्लाइडिङ स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बताए । प्रशिक्षक गुरुङसहित विदेशी प्रशिक्षकहरु रौलान्ड र अभि मल्लिक गरी तीन जना प्रशिक्षक थिए ।

जिल्लाको बेलका नगरपालिका वडा नं. ८ बोप्ताङडाँडा सञ्चालन गरिएको तालिममा चार देश चाइना, हङकहङ, भारत र नेपाल गरी १९ जना सहभागि थिए । तालिमका लागि उपयुक्त ठाउँ भएकाले दशदिने तालिमका सहभागिहरु थप अभ्यासमा जुटेका छन् । पोखरामा बन्द भएको प्याराग्लाइडिङ उडानको विकल्प उदयपुर बनेको छ । पर्यटन प्रवद्र्धनसंगै विदेशी पर्यटन भित्राउन प्याराग्लाइडिङले टेवा पुर्याएको उदयपुरको पहिलो साइक्लिष्ट तथा प्याराग्लाइडिङ पाइलट जितु रोइलाले बताए ।