Thursday, June 11News That Matters

नेपाललाई चीनले थप ३ लाख डोज कोरोना विरुद्धको खोप दिने

पूर्णपुष्टि, फागुन १८

नेपाललाई चीनले थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूतवासले सोमबार एक सूचना जारी गर्दै खोप उपलब्ध गराउने जानकारी दिएको हो ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।