Monday, April 20News That Matters

नेप्से ४१ अंकले बढ्यो

पूर्णपुष्टि, फागुन १७ 

आज शेयर बजार परिसूचक नेप्से करिब ४१ अंकले बढेको छ । सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४०.६४ अंकले बढेर २५ सय १५.० तीन विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयर झण्डै २७ अंकले, व्यापारको ९७, होटल तथा पर्यटनको ५६, विकास बैंकको ३८, जलविद्युतको ३१, फाइनान्सको २३, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६८,  अन्यको २७, माइक्रो फाइनान्सको ८१, जीवन बीमाको तीन सय ५९ र लगानी समूहको शेयर झण्डै दुई प्रतिशतले बढेको छ ।

दुई सय नौ कम्पनीका एक करोड १८ लाख ३८ हजार कित्ता शेयर पाँच अर्ब ६९ करोड २३ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको सबैभन्दा धेरै ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज चन्द्रागिरी हिल्स लिमिटेडको झण्डै १० र कर्पाेरेट विकास बैंकको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।