
पूर्णपुष्टि, २५ चैत्र ।
गीतकार डा।हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले समेटेका छन् । यस कृतिमा दुई शय वटा हिन्दी गीतहरु रहेका छन् । दुई शय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु २०० रहेको छ ।

गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । गीतकार खतिवडा भन्छन् ( प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु । ओम प्रकाशन दिल्ली ले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन् ।
शव्दहरू सरल छन् तर ती शव्दहरूले बोक्ने भाव गम्भीर छन् १ उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् १ शव्द शव्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरु मा प्रेमका विविध स्वरुपहरु लाई विभिन्न आयामहरू बाट ब्याख्या गरिएको छ । यो गीत संग्रह रोमान्टिक गीतहरु को दस्तावेज नै बन्न पुगेको छ । गेयात्मक र लयात्मकता ले कृतिको ओज बढेको छ , खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृति लाई निकै महत्वका साथ हेरिएको छ ।
