Saturday, April 18News That Matters

नेपाली जनताको लागि राजतन्त्र हानिकारक छ : माओवादी मजदुर पार्टी

पूर्णपुष्टि, १४ चैत्र । नेपाली जनताको हकमा राजतन्त्र हानिकारक रहेको माओवादी मजदुर पार्टीले जनाएको छ । पछिल्लो समय देशमा राजतन्त्रको हल्ला चल्दै गर्दा राणा शासन पछिको नेपाली जनताको अति दुर्भाग्य शासन भनेकै राजा शासन रहेको पार्टीले जनाएको हो ।

पार्टीका केन्द्रीय महासचिव हिमाल सिंह राईले राजाको पालामा विकास सुन्य अवस्थामा रहेको जनाए । बिकास सँगै नेपाली जनताको अधिकारहरु पनि मिचिएको उनको भनाई छ । राईले लोकतन्त्रमा पनि व्यक्तिको खराब स्वार्थ हावी हुँदा सुविधाबाट बन्चित रहेको जनाए । उनले व्यवस्था राम्रो भएपनि व्यक्ति नराम्रो हुनु दु:खद रहेको जनाए । राजतन्त्र भन्दा लोकतन्त्र असाध्यै सुन्दर भएपनि व्यक्तिहरु खराब हुँदा जनताहरुमा निराश बढेको पार्टीको बुझाई छ । बिहिबार पिपलचोकमा राजतन्त्रको बिरोध गर्दै पार्टीले आयोजना गरेको आमसभा तथा कोणसभामा यस्तो बताईएको हो । महासचिव राई सहित झमक मगर र गोरेन्द्र राईले समेत राजाको विरुद्धमा भनाई राखेका थिए ।