
पूर्णपुष्टि, चैत ९ गते ।
१ न. प्रदेश सरकारको सुरक्षा समिति बैठकले नेपाली नागरिक बाहेक अरु देशका नागरिकलाई प्रदेशका नाकाहरुबाट निषेध गर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिका बैठकले १ न. प्रदेशका सबै नाकामा नेपाली बाहेक अरुलाई आउजाउमा रोक लगाइएकोे हो ।
१ न. प्रदेश सरकारले टाँडीमा नेपाली सेनाले तयार गरेको २ सय क्षमताको क्वारेन्टाइनको पनि अनुगमन गरेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा भएको अनगुमनमा आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सुरक्षा निकाय सहभागी थिए ।
यो पनि पढ्नुस् ।
विश्वभर महामारीको रुपमा फैलिएको सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेकाले २५ जना भन्दा बढी भेला भएर नबस्न आग्रह गरेको छ । सरकारको आग्रह नमानी सामाजिक तथा धार्मिक कार्य गरेको खण्डमा कारबाही हुने जर्नाको हो ।
यस महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे तत्काल रोक्न सरकारले आग्रह गरेको छ । यदि आग्रह नमानेको खण्डमा कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । परिस्थिति हेरेर अरु निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।
