
पूर्णपुष्टि, चैत ९ गते ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागी सरकारले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने भएको छ ।
कोरोना भाइरस संक्रमित भेटिए उनीहरुको उपचारमा स्वास्थ्य मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई खटाउने निर्णय गरेको हो ।
सात वटै प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा अध्ययन गरी कार्यरत मेडिकल अधिकृतहरु, वरिष्ठ चिकित्सकहरु र एमडी र एमएस अध्ययन गरेका र गरिरहेकाहरुलाई आवश्यकता अनुसार परिचालन गर्न सरकारले अनुरोध गरेको छ ।
डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

