Tuesday, June 9News That Matters

नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि ढाकामा प्रशिक्षण सुरु गर्ने

पूर्णपुष्टि, कात्तिक २३ 

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आजदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।
ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्वीकृति पाएको छ । नेपालले आज शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ ।

नेपाली फुटबल टिमले आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म प्रशिक्षण गर्नेछ । यो मैत्रीपूर्ण खेलका लागि नेपालबाट २५ खेलाडीसहित ३६ जनाको टोली ढाका पुगेको छ ।
ढाका पुगेको तीन दिनमा नै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि दुई दिनको आइसोलेशनमा समय बिताएको थियो ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल नोभेम्बर १३ अर्थात् कात्तिक २८ तथा दोस्रो नोभेम्बर १७ अर्थात मंसिर २ गते बंगबन्धु स्टेडियममा हुनेछ ।