
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६र७७ को तुलनामा २०७७र७८ मा ३६ प्रतिशतले घटेको छ ।
महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६।८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ । त्यस्तै सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा २९ प्रतिशले घटेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष १४ अर्ब ५४ करोड ६१ लाख रुपियाँ रहेको सञ्चालन खर्च यो वर्ष १० अर्ब २५ करोड ६६ लाख रुपियाँ रहेको प्रतिवेदनले औँल्याएको छ । गोरखापत्रले खबर छापेको छ।
