
पूर्णपुष्टि,बैशाख २ । नेपाल वायुसेवा निगमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई भारत उडान गर्नबाट रोकेको छ । शनिवार आज दिउँसो १ बजेर ४५ मिनेटको उडानबाट भारतको बैंग्लोर जान तयारी भएका उपसभापति अर्याललई राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेको हो ।
बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् । यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।
