Monday, April 20News That Matters

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई निःशुल्क सिम

पूर्णपुष्टि,चैत्र २३ । एसइईका विद्यार्थीहरुका लागि नेपाल टेलिकमले “एसइई २०७९ अफर” उपलब्ध गराउने भएको छ । भोली देखि देशभरका कार्यालयहरुबाट उपलव्ध हुने यो सेवामा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशूल्क सिम उपलब्ध गराउने भएको हो । साथै त्यसमा बोनस, रिचजार्जको पनि सेवा उपलब्ध गरहेको छ ।

अफरका सिमकार्ड प्रयोगमा आउँनसाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीहरुले पहिलेदेखि प्रयोग गरेको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । विद्यार्थीहरुले सिम कार्डमा हुँने मेन व्यालेन्स १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, छ सय मिनेट टकटाइम र तीन सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।