Monday, April 20News That Matters

कटारीमा “न्यु इयर इभ” हुने

पूर्णपुष्टि, चैत्र २३ ।उदयपुरको कटारी नगरपालिकामा आगामी नयाँ बर्ष २०८० सालको अवसरमा “न्यु इयर इभ” हुने भएको छ । आगामी चैत्र ३० गते बिहिबार बेलुका साँझ कटारीको भूगोलपार्कमा न्यु ईयर ईभ कार्यक्रमको आयोजना हुने भएको हो ।

पिएफसिएफद्धारा संचालित “तिनतले उदयपुर संगित केन्द्र” कटारी शाखाले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा शिब थापा मगर र दिलिप घिसिङ साथै संगित केन्द्रका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिने भएका छन् ।