
पूर्णपुष्टि, कार्तिक १०
नेपालको चर्चित हास्य टेलिसिरियल हल्का रमाईलो अब हिमालयन टेलिभिजनबाट प्रसरण हुने भएको छ । नेपालमा अत्यादिक रुचाईएको हल्का रमाईलो आउँदो आईतबार बाट हिमालयन टेलिभिजनबाट प्रसारण हुने हल्का रमाईलोका लेखक, निर्देशक तथा कलकार मरिचमान श्रेष्ठले बताए ।
यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।
अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँदै आएको छ ।
