Thursday, July 2News That Matters

नेपाल पत्रकार महासंघको अध्यक्षमा ५ जनाको उम्मेदवारी

पूर्णपुष्टि, चैत १५ 

नेपाल पत्रकार महासंघको यहि चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा कांग्रेस–माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले महासंघको अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।

त्यस्तै प्रेस युनियनकै रामप्रसाद दाहालले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ । उनले महासंघलाई राजनीतिक दलका नेताबाट ठगिएको भन्दै आफ्नो नेतृत्वमा संगठित हुन आग्रह गरेको छ ।

त्यस्तै गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि महासंघको अध्यक्षमा उम्मेदवारी दिएका छन् । बुढाथोकीले दलीय सिण्डिकेटविरुद्ध महासंघमा आफूले उम्मेदवारी दिएको जनाएको छ ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा ध्रव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल र महिला उपाध्यक्षमा दाना सुवेदी, बाला अधिकारीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेवतबहादुर विश्वकर्मा र शीतल प्रसाद महतोले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासंंघको केन्द्रीय महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतमले उम्मेदवारी दिएका छन् भने खुल्ला सचिवमा कमल पन्त, गोविन्दप्रसाद चौलागाई, जन्मदेव जैसी, नकुल अर्याल, यमप्रसाद शर्मा(एम विरही) र रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन् । यस्तै महासंघको महिलातर्फको सचिवमा निमा काफ्ले, सृजना अर्यालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको सचिवमा रामकुमार श्रेष्ठ, शाहीमान राईले उम्मेदवारी दिएका छन् भने मधेशी सचिवमा दीपेन्द्र चौहान, देव कुमार यादव,प्रवीण कुमार चौधरी र स्वेता सिन्हाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै महासंघको दलिततर्फको सचिवमा गणेशकुमार विक, गोपाल बराइली,. मधु शाही, मान सिंह वि.क. र हेमकर्ण विकले उम्मेदवारी दिएका छन् भने एशोसिएट तर्फको सचिवमा केपी ढुंगाना, केशवराज खनाल, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल र रामेश्वर कार्की रहेका छन् ।

त्यस्तै महासंघको केन्द्रीय कोषाध्यक्षमा कृष्ण गिरी, दिलिप पौडेल, प्रकाश थापा, माधव दुलाल र मिनबहादुर बमले उम्मेदवारी दिएका छन् ।