Saturday, May 2News That Matters

नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका : भाजपा

पूर्णपुष्टि, ९ साउन ।
भारतीय दल (भाजपा) ले नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका रहेको जनाए । भारतिय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् ।

माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए ।

यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस। जयशंकरसँग भेट्ने कार्यक्रम नरहेपनि भाजपाले उनीसँग पनि भेटाउने तयारी गरिरहेको बुझिएको छ ।

माओवादीका नेताहरु बुधबार देहारादुनका लागि प्रस्थान गर्नेछन् । त्यहाँ ऋषिकेशनमा गंगा आरतीमा सहभागी हुनुको साथै उत्तराञ्चलका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गर्ने बताएको छ । माओवादीका नेताहरु दुई दिनसम्म देहरादुनमा रहने र साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।