Friday, May 22News That Matters

नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन सम्पन्न

पूर्णपुष्टि, भदौ १८
नेपाल फोटो पत्रकार महासंघ उदयपुर शाखाको दास्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको रौतापोखरीमा भएको दास्रो जिल्ला अधिवेशनले दस सदस्यीय जिल्ला समिती चयन गरेको छ ।जसमा अध्यक्ष देवराज राई, उपाध्यक्ष राकेश नेपाली, सचिव लक्ष्मी पोखरेल, महासचिव बिक्रम राई, कोषाध्यक्ष पुजा राजधामी रहेका छन् । यस्तै सदस्यमा चन्द्रकला राजधामी, चेवाङ राई, कमला राउत, अरुण चौधरी र तोषल राई चयन भएका छन् ।उदयपुर शाखाले स्वतन्त्र रेडियो प्रशारक संघ (वान) का नवनिर्वाचित महासचिव नविन राईलाई सम्मान गरेको थियो । रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र मगरको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा जिल्लाका अधिकाशं पत्रकार सहभागी भएका थिए ।