Wednesday, May 13News That Matters

नेपाल बार एशोसियसन उदयपुरको अध्यक्षमा निरौला

पूर्णपुष्टि, जेठ २२ गते ।
नेपाल बार एशोसियसन उदयपुर ईकाईको १६ औँ अधिवेशन र २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यासमितिका पदाधिकारीहरु निरविरोध निर्वाचित गरेको छ । उदयपुर बार ईकाईको अध्यक्ष पदमा मोहनकुमार निरौला निर्वाचित भएको हो ।
यता उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोईराला र कोषाअध्यक्षमा दिपक बस्नेत निर्वाचित भएका छन् । सदस्यहरुमा दुर्गाकृष्णन पाखरेल, लक्ष्मी नारायण चौधरी, केदारबहादुर कटुवाल,कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री निर्वाचित भएका हुन् । पार्षद सदस्यमा कृषण बहादुर बस्नेत, गणेश प्रसाद दाहाल र ब्रहमदेव चौधरी चयण भएको छ ।