
पूर्णपुष्टि, माघ १८
नेपाल बाल संगठन जिल्ला कार्यसमिति बाल मन्दिर उदयपुरले पूर्णता पाएको छ । तदर्थ समितिबाट संञ्चालन रहेको संगठनले जिल्ला सभाबाट पूर्ण कमिटि बनेको हो । सभाले संगठनको सभापतिमा भुवन दाहाललाई चयन गरेको छ । तदर्थ समितिले अधिवेशन वा जिल्ला सभा गर्न पाउने अधिकार बमोजिम दाहालको नेतृत्वमा संगठनले ८ सदस्यिय कार्यसमिति चयन गरेको छ । ११ जना कार्यसमिति रहनेमा बाँकी ३ जना भने समितिको बैठकले निर्णय गर्ने भएको छ । ३ जना मध्य २ जना स्वयम सभापतिले चयन गर्न पाउने प्रावधान छ । बाँकी १ जना केन्द्रिय अध्यक्षले चयन गर्नु पाउने छ ।
सदस्यहरुमा हेम बहादुर मगर, अस्विन कार्की, कमल बहादुर परियार, विमला घिमिरे, रुबी मगर, उज्वल बस्नेत रहेको छ ।
अब चयन हुने पद उप सभापति, सचिव र कोषाध्यक्षको रहेको छ । तत्काल समितिको बैठकले बाँकी पदलाई पुर्णता दिने र संगठन अगाडी बढाउने सभापति भुवन दाहालले बताउनुभयो ।
